गृहमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भीम रावलले भने : निरंकुशतन्त्र ढल्छ

माघ २३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने दु:स्वपन देखेको बताएका छन् ।

नेता रावलले प्रधानमन्त्री ओलीले निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्‍न देखेको बताएका हुन् । शुक्रबार आयोजित आमसभामा ओली नेतृत्वको सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा लगेर थुन्ने बताएका थिए ।

त्यसैको प्रतिक्रियामा भीम रावलले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जाउलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्न देखिरहनु भएको पुष्टि  हुन्छ । निरंकुशतन्त्र ढल्छ।' 

सम्बन्धित समाचार

संसद् विघटननेकपा विवाद

कान्तिपुर

Link copied successfully