अब तेस्रो जनआन्दोलन सुरु भयो : गृहमन्त्री थापा- समाचार - कान्तिपुर समाचार

अब तेस्रो जनआन्दोलन सुरु भयो : गृहमन्त्री थापा

‘मांशाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको 'जू' मा लगेर बन्द गरिनेछ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभामा उनले अब तेस्रो जनआन्दोलनको थालनी भएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ । प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ ।’ अहिलेको परिस्थितिको सामना गर्नका लागि अहिलेको अवस्था सिर्जना भएको पनि उनले दाबी गरे ।

सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले बताए । अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको पनि उनले उल्लेख गरे । उनले आम निर्वाचनको माध्यमबाट आफूहरुले आन्दोलनको थालनी सुरु गरेको बताएका छन् ।

त्यस्तै केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन मांसाहारी हुन्छ भनेको भनाइप्रति लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई हाम्रो संविधानले, हाम्रो कानुले अपराध घोषित गरेको छ मासहारी आन्दोलन गर्नेलाई जाउलाखलेका चिडियाखानामा लगेर बन्द गरिनेछ’, थापाले भने, ‘मांसाहारी आन्दोलन गर्ने फुटवादी गुटवादी तत्वलाई चेतावनी दिन चाहन्छु । तपाईंहरु दुस्साहस र अपराध गर्दे हुनुहुन्छ । त्यसमा सचेत हुनका लागि आग्रह गर्दछु ।’

नारायणहिटी अगाडि सभा गरेर आफूहरु गणतन्त्रप्रति प्रतिबद्ध रहेको औचित्य पनि प्रमाणित गरेको गृहमन्त्री थापाले दाबी गरे ।

प्रकाशित : माघ २३, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

आमसभाअघि उपत्यकामा ओली समूहका र्‍याली [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : अंगद ढकाल, तस्बिर : कविन अधिकारी, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नारायणहिटीमा आमसभाअघि प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले काठमाडौंका विभिन्न स्थानमा र्‍याली निकालेको छ । उपत्यकाका विभिन्न स्थानमा भेला भएर नेता–कार्यकर्ताहरू छुट्टाछुट्टै र्‍यालीसहित कार्यक्रमस्थल पुग्दै छन् । आमसभाको कार्यक्रम सुरु भइसकेको छ ।

र्‍यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सत्यनारायण मण्डललगायत नेता–कार्यकर्ताले सम्बोधन गर्दै छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहलगायतले आन्दोलन तीव्र पारिरहँदा ओली समूहले पनि शक्ति प्रदर्शन गर्दै आमसभा सुरु गरेको हो ।


प्रकाशित : माघ २३, २०७७ १३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×