१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वनमन्त्री नै वन तस्करको नाइके : भीम रावल

अर्जुन शाह

धनगढी — नेकपा दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वन तस्करकै नाइकेलाई वनमन्त्री बनाएको बताएका छन् ।

वनमन्त्री नै वन तस्करको नाइके : भीम रावल

प्रतिनिधिसभा विघटनको विरुद्ध धनगढीमा शनिबार आयोजित प्रदेशस्तरीय विरोध सभालाई सम्बोधन गर्दै नेता रावलले वनमन्त्री प्रेम आलेको नाम नलिइकनै भने, ‘लालझाडीदेखि तराईका रुख र चराचरहरुसमेत वन मन्त्रीबाट डराएका छन् ।’ पछिल्ला दिनहरुमा वनमन्त्री आलेले नेता रावललाई गालीगलौज गर्दै आएका छन् ।

यस्तै, ओली सरकारले अदालतबाट फरार अभियुक्त व्यक्तिलाई पार्टीमा भित्र्याउने, पशुपतिमा बत्ती बालेर अपराध पखाल्न खोजेको बताए । रावलले भने, ‘पशुपतिमा माफ माग्नु भन्दा जनतासमक्ष माफ मागेको भएर हुने ।’

ओलीले खल्तीबाट थपेका केन्द्रिय सदस्यहरु निर्वाचन आयोगको निर्णपछि सडक छाप भएको नेता रावलले टिप्पणी गरे ।

प्रकाशित : माघ १७, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?