कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यो मुद्दा जति लम्बिँदै गयो, बाहिर यस्ता क्रियाकलाप बढ्दै जान्छन् : न्यायाधीश सिन्हा

काठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथिको बहस जति बढ्दै गयो, सडकमा प्रदर्शन त्यति नै बढ्दै जाने न्यायाधीश अनिलकुमार सिन्हाले बताएका छन् । सर्वोच्च अदालतमा सुनुवाइका क्रममा बुधबार सिन्हाले उक्त कुरा बताएका हुन् ।

यो मुद्दा जति लम्बिँदै गयो, बाहिर यस्ता क्रियाकलाप बढ्दै जान्छन् : न्यायाधीश सिन्हा

वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनविरुद्धको सडक प्रदर्शनमा सरकारले बल प्रयोग गरेको कुरा राखेपछि न्यायाधीश सिन्हाले रोक्दै मुद्दालाई छिटो टुंगोमा पुर्‍याउनुपर्ने आशय व्यक्त गरेका हुन् ।

केसीले बालुवाटारमा प्रतिनिधिसभा विघटनविरुद्धको नागरिक आन्दोलनमाथि प्रहरीले दमन गरेको विषय बहसका क्रममा उठाएका थिए । त्यसलगत्तै न्यायाधीश सिन्हाले भने, 'यो मुद्दा जति लम्बिँदै गयो, बाहिर यस्ता क्रियाकलाप बढ्दै जान्छन् ।'

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा १० दिनयता निरन्तर सुनुवाइ भइरहेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध १३ मुद्दा परेकामा आजसम्म ८ औँ मुद्दामा बहस भइरहेको छ । पछिल्लो तीन दिनयता प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, विघटित प्रतिनिधिसभाका सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको मुद्दामाथि सुनुवाइ भइरहेको छ ।

संवैधानिक इजलासले कानुन व्यवसायीहरूलाई छोटो बहस गर्न आग्रह गर्दै आएको छ । बहस छोटो भए मुद्दाको टुंगो छिटो लाग्ने इजलासले कानुन व्यवसायीहरूलाई भन्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रकाशित : माघ १४, २०७७ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?