२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने, लाखौं कार्यकर्ता उतार्ने दाबी

काठमाडौँ — नेकपाको ओली समूहले माघ २३ गते जनसभा गर्ने भएको छ । त्यसको तयारीका लागि यो समूहले १ हजार १ सय ११ सदस्यीय समिति बनाएको छ । 

नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने, लाखौं कार्यकर्ता उतार्ने दाबी

जनसभाको जानकारी दिन सोमबार वाग्मती प्रदेश कमिटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाएको जानकारी ओली समूहले दिएको हो ।

नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते शक्ति पदर्शन गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा शक्ति प्रदर्शन के हो भन्ने आफूहरुले माघ २३ गते देखाइदिने बताएका थिए ।

यो समूहको प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जनसभामा लाखौंको उपस्थिति हुने दाबी गरे । त्यसको लागि वाग्मति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत गरी १७ जिल्ला कमिटीलाई निर्देशन दिइएको उनले बताए । जनसभाका लागि पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।

यस्तै,आयोजित पत्रकार सम्मेलनमा नेता ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णयलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । ‘हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ । त्यसकारण आयोगको निर्णयलाई सकारात्मकरुपमा लिएका छौ,’ पोखरेलले भने ।

प्रकाशित : माघ १२, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?