१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अदालतको निर्णय सबैले मान्नुपर्छ : अध्यक्ष तिमिल्सिना

प्रकाश बराल

बागलुङ — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अदालतको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा भंग भएपछि पुनःस्थापनाका लागि परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

अदालतको निर्णय सबैले मान्नुपर्छ : अध्यक्ष तिमिल्सिना

शनिबार बागलुङमा बनेको झोलुंगे पुलको उद्घाटन गर्दै तिमिल्सिनाले अदालतले संसद् पुनःस्थापना गरेमा प्रधानमन्त्रीले स्वीकार्नुपर्ने समेत धारणा राखे । ‘अदालतले जे निर्णय गर्छ त्यो प्रधानमन्त्रीदेखि विपक्षी दल समेतले मान्नुपर्छ,’ उनले भने, ‘संवैधानिक सर्वोच्चता र विधिको शासन हामीले मान्नैपर्छ ।’ अदालतले के निर्णय गर्ला भनेर अहिलेदेखि अड्कलबाजी र दबाब दिन नहुने उनको धारणा थियो ।

अध्यक्ष तिमिल्सिनाले देशमा अस्थिरता चाहनेहरुप्रति सचेत रहन सबैलाई आग्रह गरे । ‘अस्थिरता चाहनेलाई मलजल गर्ने काम नगरौं,’ उनले भने,‘कम्युनिष्टलाई नेपाली जनताले मन पराएका थिए, कामले अब्बल बन्न नसकेमा फेरी २०१७ साल जस्तै राजनीतिक नोक्सानी हुनसक्छ ।’ उनले जनताको विश्वास टुट्न नदिन दिगो सरकार र समृद्धिको बाटोमा देशलाई हिँडाउनुपर्ने धारणा समेत राखे ।

बागलुङ नगरपालिका-१ बाङगेचउरदेखि पर्वतको पाङ जोड्ने ५ सय ६७ मिटर लामो झोलुंगे पुल शनिबार उनले उद्घाटन गरेका थिए । दुई वर्षअघि तिमिल्सिनाले शिलान्यास गरेको पुल तोकिएकै समयमा सकिएपछि उद्घाटन भएको हो ।

प्रकाशित : माघ ३, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?