काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४४ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित पुष्टि हुनेमा सय जना महिला र १ सय ४४ पुरुष रहेका छन् ।
काठमाडौंमा १ सय ९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभर बिहीबार संक्रमित पुष्टि हुनेमा ६१३ रहेका छन् भने ५ को मृत्यु भएको छ ।
