काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २३८ कोरोना संक्रमित

पुस ५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेमा सय महिला र १ सय ३८ जना पुरुष रहेका छन् ।

काठमाडौंमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार देशभर ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully