काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ५३ हजार ७७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ७० हजार ८३० छ । देशभरी सक्रिय संक्रमितको संख्या ८ हजार ३२० छ । २४ घण्टामा ४ हजार ६२० पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ ।
२४ घण्टामा १ हजार ९७ कोरोनामुक्त, ११ को मृत्यु
२४ घण्टामा १ हजार ९७ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४३ हजार ६६४ जना घर फर्किसकेका छन् ।
त्यसैगरी २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ ।
