१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

संक्रमित बढेपछि दुई नगर सिल

मेनुका ढुंगाना

अछाम — कोरोना संक्रमितको संख्या एक्कासि बढेपछि अछामका दुई नगरपालिका सिल गरिएको छ । मंसिर २० गतेबाट एक साताका लागि मंगलसेन र पञ्चदेवल विनायक नगरपालिका सिल गरिएको हो ।

संक्रमित बढेपछि दुई नगर सिल

जिल्ला अस्पतालमा पनि आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । पछिल्लो एक सातामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण बढेको हो ।

जिल्ला अस्पतालमा १० जना स्वास्थ्यकर्मी र कर्मचारीलाई संक्रमण देखिएपछि आपत्कालीनबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका चिकित्सक डा. मनोज विष्टले बताए । ‘स्टाफहरूलाई नै संक्रमण बढेपछि अप्ठ्यारो भएको छ,’ उनले भने, ‘कोरोनाको लक्षण देखिएर गाह्रो अवस्था भएकाहरू अस्पतालको सम्पर्कमा छन् । तर अस्पतालमा भेन्टिलेटर जोडिएको मात्रै छ । प्रयोगमा आएको छैन । अक्सिजनको कमी छ । त्यसैले धेरै संक्रमित होम आइसोलेसनमा छन् ।’ एक सातायता मंगलसेनका उपप्रमुखसहित ३७ जना कर्मचारी र जनप्रतिनिधिलाई संक्रमण देखिएको छ, जसमध्ये १० जना स्वास्थ्य शाखामा कार्यरत छन् ।

‘केही कर्मचारीलाई कोरोनाको लक्षण देखिएपछि परीक्षणका लागि स्वाब दिइएको हो । कन्ट्याक्ट ट्रेसिङ गरेका धेरैलाई कोरोना देखियो,’ मंगलसेनका स्वास्थ्य शाखा प्रमुख मानबहादुर सोडारीले भने, ‘धेरै स्वास्थ्यकर्मीका परिवारलाई पनि कोरोना देखिएको छ । स्वास्थ्यकर्मी आफैंले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएको र लापरबाही गरेका कारण परिवारसम्म संक्रमण पुगेको देखिन्छ ।’ उनका अनुसार सोमबार मात्रै मंगलसेन नगरपालिकाबाट स्वाब परीक्षण गरिएका १ सय जनामध्ये ६५ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

भारत र काठमाडौंबाट अछाम भित्रिनेको संख्या बढेकै समयमा लकडाउन खुलेकाले संक्रमण बढेको स्वास्थ्य शाखा प्रमुख सोडारीले बताए । जिल्लाभर क्वारेन्टाइन र आइसोलेसनको संरचना हटाइसकेपछि संक्रमण बढेकाले सबै संक्रमितलाई होम आइसोलेसनमा राखिएको उनले बताए ।

प्रकाशित : मंसिर २५, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?