२४ घण्टामा उपत्यकामा थपिए ६ सय ४५ कोरोना संक्रमित

मंसिर १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २ सय ८५ महिला र ३ सय ६० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ । 

काठमाडौंमा ४ सय ८५, भक्तपुरमा ३६ र ललितपुरमा १ सय २४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

देशभर भने पछिल्लो २४ घण्टामा १३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५ सय १५ जना कोरोनामुक्त र १९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा ९ हजार ३ सय ६८ पीसीआर परीक्षण भएका छन् ।  

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully