कोरोनाबाट दाङमा थप एकको मृत्यु

मंसिर १३, २०७७

दुर्गालाल केसी

दाङ — दाङमा कोरोनाबाट शनिबार एक पुरुषको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका-१३ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको  कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले बताए । 

जिल्लामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

कोरोना भाइरस

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully