२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पछिल्लो २४ घण्टामा थपिए १७ सय ३ कोरोना संक्रमित, २३ को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए १७ सय ३ कोरोना संक्रमित, २३ को मृत्यु

मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय ३६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ ।

प्रकाशित : मंसिर १२, २०७७ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?