१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ८ सय २२ जना कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३७९ महिला र ४४३ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ८ सय २२ जना कोरोना संक्रमित

मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा नेपालभर थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?