उपत्यकामा २४ घण्टामा ७ सय ८५ जना कोरोना संक्रमित

मंसिर ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३३७ महिला र ४४८ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर बिहीबार संक्रमित पुष्टि हुनेमा १ हजार ६ सय १४ जना रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully