२४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ७९८ जना कोरोनामुक्त

कार्तिक ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको छ । 

त्यसैगरी २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७३ हजार ४३० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार १२५ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully