बर्दिया — गेरुवा गाउँपालिका—१ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।
उनको थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य प्रमुख गोकर्ण गिरीका अनुसार उपचारकै क्रममा शनिबार उनको मृत्यु भएको बताए । उनको मृत्युपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य प्रमुख गिरीले जनाए ।
मृतक कैलालीको चिसापानीमा व्यवसाय गर्दै आएका थिए । उनलाई कोरोनाको कुनै लक्षण नदेखिएको स्वास्थ्य प्रमुख गिरीले जनाए । यससँगै बर्दियामा कोरोनाबाट ११ जनाको ज्यान गएको छ ।
