काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ९ सय ७३ कोरोना संक्रमित

कार्तिक २७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् ।

काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय १३ रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully