कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ११ सय ८९ पुग्यो

कार्तिक २७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १५ संक्रमितकाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully