नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

कार्तिक २३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काेराेनाबाट थप २१ काे मृत्युभएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully