काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ६८ कोरोना संक्रमित देखिएका छन् । संक्रमितमा ६ सय ४९ महिला र ८ सय १९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १२ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
