उपत्यकामा २४ घण्टामा थपिए १ हजार ६९८ संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा १ हजार ६९८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १ हजार ६९८ जना संक्रमित भएका स्वास्थ्य मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ६९८ संक्रमित

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित भए ।

२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् ।

देशभर भने पछिल्लो २४ घण्टामा २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?