२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

२४ घण्टामा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । 

२४ घण्टामा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा २३ सय २६ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

सक्रिय संक्रमित ३९ हजार ३ सय ४१ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ भएको छ ।

देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७३९ पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?