पोखरामा थप एक कोराना संक्रमितको मृत्यु

कार्तिक २, २०७७

कान्तिपुर संवाददाता

पोखरा — कोरोना संक्रमित पोखरा–९ कि ७० वर्षीया महिलाको आइतबार मृत्यु भएको छ । 

पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनलाई कोभिड–१९ बाहेक हाइपरटेन्सन सहितको निमोनिया रहेको अस्पतालले जनाएको छ । 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully