१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सांसदलाई दसैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं : जनार्दन शर्मा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका सांसद जनार्दन शर्माले कोरोना भाइरस (कोभिड- १९)को महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन् । उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्ने पनि जानकारी दिएका छन् । 

सांसदलाई दसैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं : जनार्दन शर्मा 

संघीय सांसद र प्रदेश सभा सदस्यहरूले दसैं भत्ता वापतको रकम लिएको भन्दै आलोचना भइरहेको बेलामा सांसद शर्माको उक्त धारणा आएको हो । प्रतिनिधिसभा सदस्य शर्माले ट्विटरमा लेखेका छन्, 'कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं ।'

सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेक बिरामीलाई दिने जानकारी दिएका छन् । उनले लेखेका छन्, 'दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।'

यसअघि नेकपाका नेता भीम रावलले पनि आफूले प्राप्त गरेको दसैं भत्ता वापतको रकम फिर्ता गर्ने घोषणा गरिसकेका छन् । संघीय संसद सचिवालयले प्रत्येक सांसद र संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवहरूलाई प्राप्त गर्दै आएको एक महिनाको पारिश्रमिक जत्तिकै रकम दसैं भत्तावापत बैंक खातामा जम्मा गरेको थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : कार्तिक २, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?