कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

अमृता अनमोल

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा थप एक  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको बिहान ७:१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनी गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा समस्या बढेपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनमा रगतमा समस्या भए पनि अन्य दीर्घरोग नभएको डा. थापाले बताए ।

प्रकाशित : आश्विन ३०, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?