बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

आश्विन ३०, २०७७

अमृता अनमोल

बुटवल — बुटवलको कोरोना विशेष अस्पतालमा थप एक  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको  बिहान ७:१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन  डा. सुदर्शन थापाले बताए ।   उनी गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा समस्या बढेपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो  । उनमा रगतमा समस्या भए पनि अन्य दीर्घरोग नभएको डा. थापाले बताए ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully