उपत्यकामा थपिए १९ सय ३५ जना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा थप १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १६ सय ९३, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

उपत्यकामा थपिए १९ सय ३५ जना संक्रमित 

२४ घण्टाको अद्यावधिक विवरण अनुसार बुधबार उपत्यकामा १४ सय ३ जना संक्रमित भेटिएका थिए ।

२४ घण्टाको अपडेटमा देशभर भने बिहीबार ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँग देशभरी कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या बिहीबार अपराह्नसम्म ३६ हजार ५३३ पुगेको छ ।

कोरोनाबाट २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?