२४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिए, २ हजार १७४ जना कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिए, २ हजार १७४ जना कोरोनामुक्त

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख १७ हजार ९९६ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।

निको हुनेको संख्या ८० हजार नाघ्यो

त्यसैगरी २४ घण्टामा २ हजार १७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

२४ घण्टामा १३ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म १२ लाख २१ हजार ३८ पीसीआर परीक्षण भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

२४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।

प्रकाशित : आश्विन २८, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?