१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोना भाइरस परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट मंगलबार आएको र उक्त रिपोर्टमा कोरोना पोजिटिभ देखिएको उनले जानकारी दिइन् । 

नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

प्रतिनिधिसभामा सत्तारुढ नेकपाकी सचेतक रहेकी चौधरीले आफूमा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएपछि स्वाब परीक्षण गराएको बताइन् । घरमै आइसोलेसनमा रहेकी उनले भनिन्, 'उच्च ज्वरो आउने, धेरै रुघा लाग्ने भइरहेको छ ।'

कोरोना भाइरसका लक्षण देखिएकाले उपचारका लागि अस्पताल जाने तयारी भइरहेको चौधरीले बताइन् ।

यसअघि संघीय संसदका झन्डै एक दर्जन सांसदहरूलाई कोरोना संक्रमण भइसकेको छ । सुरुमा प्रदीप यादव, डा. सूर्यनारायण यादव, यज्ञबहादुर बोगटी, अमनलाल मोदी, विनोद चौधरीलगायतलाई कोरोना भाइरसकव संक्रमण भएको थियो । संघीय संसद सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण भएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?