बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

आश्विन १६, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट २५ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगंन्ज –९ बाँके गाउमा डेरा लिइ बस्दै आएकी महिलाको मृत्यु भएको हो ।

भदौ ३० गत भेरी अस्पतालमा भर्ना भएकी उनको अस्पतालमा उपचारका क्रममा शुक्रबार  साँझ  ४ बजेर ४५ मा  उनको मृत्यु भएको स्वास्थ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । 

उनको दुुवै साइडको फोक्सोमा निमोनिया थियो । उनलाई शुक्रबार ११ बजेबाट भेन्टिलेटरमा राखिएको थियो । बाँकेमा अहिलेसम्म १९ जनाको कोरोनाबाट मृत्यु भइसकको छ । जसमा जिल्ला बाहिरका ८ जना छन् ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully