२४ घण्टामा कोरोनाबाट थप ११ को मृत्यु, मृतकको संख्या ५ सय २० पुग्यो

आश्विन १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

कोरोना संक्रमणबाट मृतक महिलामा भक्तपुरकी ६१ वर्षीया र ५१ वर्षीया, काठमाडौँकी ६७ वर्षीया र सुर्खेतकी ७५ वर्षीया रहेका छन् ।

त्यसैगरी मृतक पुरुषमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ वर्षीय र ७० वर्षीय, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ वर्षीय र ५९ वर्षीय रहेका छन् ।

याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ५२० पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully