काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना पुष्टि

आश्विन १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

शुक्रबार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जना काेराेना संक्रमित देखिएका हुन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully