तिलोत्तमा — रुपन्देहीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहीबार राति ११:५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
