उपत्यकामा २४ घन्टामा थप ९ सय ४३ कोरोना संक्रमित 

आश्विन १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ९ सय ४३ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित देखिएका हुन् ।

२४ घन्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully