कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु

आश्विन १५, २०७७

कलेन्द्र सेजुवाल

सुर्खेत — कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ ।

दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज‌मा उपचाररत सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु भएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा. खड्कासहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएको छ । डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् ।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मंगलबार घरमै मृत अवस्थामा भेटिएकी ३५ वर्षीया एक महिलामा बुधबार कोरोना पुष्टि भएको थियो ।

कोरोना भाइरस

कलेन्द्र

Link copied successfully