२४ घन्टामा थप १० जनाको कोरोनाबाट मृत्यु, मृतककाे संख्या ४ सय ९१ पुग्याे

आश्विन १३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमले थप १० जनाकाे मृत्युसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully