उपत्यकामा २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

सोमबार काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना गरी ८ सय १७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर ७ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३ सय ९६ पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले मंगलबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : आश्विन १३, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मंगलबार ७ सय ३१ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको हो । यो कूल संक्रमितको ७२.६ प्रतिशत हो ।

सोमबार नेपालमा ७ सय ४२ जना संक्रमित निको भएका थिए ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म परीक्षणहरु १० लाख ९ हजार २ सय ९८ गरिएका छन् ।

मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या २० हजार ३ सय ९६ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×