काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

आश्विन ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । बिहीबार थप ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार ३ सय ३१ पुगेको हो । 

सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा देखिएका छन् । बिहीबारसम्म यहाँ संक्रमितको संख्या १५ हजार ७ सय ६२ पुगेको छ । यस्तै, भक्तपुरमा १७ सय ४२ र ललितपुरमा १८ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच काठमाडौंमा उपत्यकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक सय २२ पुगेको छ । बिहीबार मात्रै उपत्यकामा थप ६ जना कोरोनाबाट मृत्यु भएका छन् । हालसम्म काठमाडौंमा कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु भएको छ । काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

ललितपुरमा १७ र भक्तपुरमा १९ जनाको कोरोनाबाट ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ५० प्रतिशत सक्रिय संक्रमितहरु काठमाडौंमा रहेको बताएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully