कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघ्यो- समाचार - कान्तिपुर समाचार

कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा बिहीबार ४ सय ५७ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ पुगेको हो । यो कूल संक्रमितको ७२.७४ प्रतिशत हो ।

बुधबार नेपालमा १ हजार ८ सय ९३ जना संक्रमित निको भएका थिए ।

मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ९ लाख ५५ हजार ९ सय २३ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ११ हजार ४ सय ४९ परीक्षण भएका छन् ।

यस्तै, ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेका छन् । मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या १८ हजार ४ सय ३७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा थपिए १४ सय ९७ कोरोना संक्रमित, संक्रमितको संख्या ६९ हजार नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४५७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५० हजार ४ सय ११ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार ४ सय ३७ जना छन् भने ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १६:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×