उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको कोरोना मिडिया ब्रिफिङमा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधबार उपत्यकामा ६ सय ३७ जना संक्रमित थपिएका थिए ।

५० प्रतिशत संक्रमितहरु काठमाडौंमा रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । उनले २४ घण्टामा सबैभन्दा धेरै संक्रमितहरु काठमाडौंमा देखिएकाले सबैलाई सचेत हुन र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ९ लाख ५५ हजार ९ सय २३ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ११ हजार ४ सय ४९ परीक्षण भएका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?