कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

काठमाडौँ — नेपालमा २४ घन्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमले १७ जनाकाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको बताएका छन् ।

मृतकहरूमा काठमाडौंका ४ जना, धनुषाका २, भक्तपुरका २ जना र मोरङ, झापा, सुनसरी, रौतहट, धादिङ, तनहुँ, दाङ, कपिलवस्तु, नवलपरासीका एक/एकजना रहेका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?