बीपी प्रतिष्ठानमा मोरङका ४० वर्षीय कोरोना संक्रमितको मृत्यु

भाद्र २९, २०७७

धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङको धनपालथान–६ बस्ने पुरुष मृत्यु सोमबार राति भएको हो ।

उनललाई भदौ २६ गते उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो । अन्य दीर्घरोग नभएका उनलाई हाडजोर्नीको अब्जर्भेसन वार्डमा भर्ना गरिएको थियो ।

भर्ना गरिएकै दिन प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो । 

कोरोना भाइरस

Link copied successfully