गोरखाका कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु

भाद्र २७, २०७७

हरिराम उप्रेती

गोरखा — गोरखाका कोरोना संक्रमित एक पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । भिमसेन थापा गाउँपालिका–१ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ती पुरुषको शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानेले बताए  । 

मिर्गौला सम्बन्धि समस्या भएपछि ती पुरुष भदौ २१ गते उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका थिए । उनको भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully