गोरखाका कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु

हरिराम उप्रेती

गोरखा — गोरखाका कोरोना संक्रमित एक पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । भिमसेन थापा गाउँपालिका–१ का ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

गोरखाका कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ती पुरुषको शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजु रमण न्यौपानेले बताए ।

मिर्गौला सम्बन्धि समस्या भएपछि ती पुरुष भदौ २१ गते उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका थिए । उनको भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : भाद्र २७, २०७७ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?