उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना पुष्टि

भाद्र २७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा शनिबार ४ सय ३१ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको मिडिया ब्रिफिङमा काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

काठमाडौंमा संक्रमण पुष्टि भएकाहरु मध्ये १५० जना महिला र २ सय २७ जना पुरुष छन् । यस्तै, भक्तपुरमा ५जना महिला र १२ पुरुषलाई संक्रमण देखिएको छ भने ललितपुरमा १६ महिला र २१ जना पुरुषलाई संक्रमण देखिएको हो । योसँगै काठमाडौंमा ९ हजार १ सय ५, ललितपुरमा एक हजार १ सय २८ र भक्तपुरमा ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि शुक्रबार उपत्यकामा ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको थियो । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । यस्तै संक्रमितमध्ये ७०.६ प्रतिशत निको भएका छन् । नेपालमा कोरोनाबाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully