नेपालगन्ज — बाँकेमा कोराना संक्रमितको संख्या एक हजार ४ सय ४ पुगेको छ । जिल्लामा शनिबार ४० जना संक्रमित थपिएका छन् ।
शनिबार भेरी अस्पतालमा ३५ र बागेश्वरी ल्याबमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार शनिबार भेरीमा थपिएका ३५ जनामध्ये आठ जना मालपोत कार्यालय बाँकेका कर्मचारी छन् ।
यसैबीच शनिबार बाँकेबाट १५ जना संक्रमित डिस्चार्ज भएका छन्। भदौको १३ गते संक्रमित भएका उनीहरु निको भएर घर गएका हुन् । जिल्लामा हालसम्म ९ सय ८५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
