कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु

कोरोनाबाट उपत्यकामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

ललितपुर — कोरोना संक्रमणबाट भक्तपुरका थप २ जना र काठमाडौंका एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जनाको पाटन अस्पतालमा र एक जनाको मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ १७ गतेदेखि पाटन अस्पतालमा भर्ना भएका भक्तपुरका ७२ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति पौने १० बजे मृत्यु भएको हो ।

त्यस्तै भदौ १९ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ५१ वर्षीय कोरोना संक्रमतिको पनि उपचारका क्रममा शनिबार बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा शुक्रबार भर्ना भएका भक्तपुरका ३६ वर्षीय पुरुषको पनि शनिबार बिहान ७:४० मा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

योसँगै काठमाडौं उपत्यकाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । अहिलेसम्म काठमाडौंका ४७, भक्तपुरमा १२ र ललितपुरका ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमण पनि तीव्र रुपमा बढिरहेको छ । शुक्रबार मात्रै काठमाडौंमा ६२० र भक्तपुर र ललितपुरमा ३८–३८ जना संक्रमित थपिएका थिए ।

अहिलेसम्म काठमाडौंमा ८ हजार ७ सय २८, ललितपुरमा एक हजार ९१ र भक्तपुरमा ८ सय ९१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रकाशित : भाद्र २७, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?