३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

वीरगन्जमा ५ सय ८० जनाको स्वाब परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा सोमबार ५ सय ८० जनाको स्वाब परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमतिमध्ये १३ जना पर्सा, ९ जना बारा र ७ जना रौतहटका हुन् ।

वीरगन्जमा ५ सय ८० जनाको स्वाब परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ८ महिलासहित १९ देखि ६० वर्षका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा ८ जना संक्रमित थपिएका छन् । महानगरको वडा १०, १२, १३ र १६ मा एक/एक जनामा कोरोना पोजिटिभ देखिएको हो । वीरगन्जका चार जना संक्रमितको वडा खुलेको छैन ।

पर्साको कालिकामाई गाउँपालिका– १ र वडा ५ मा एक/एक जनामा संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनी गाउँपालिका– २ मा दुई जना संक्रमित थपिएका छन् । वीरगन्जको आर्मी ब्यारेकमा थप एक जनामा कोरोना पोजिटिभ देखिएको छ । विभिन्न जिल्लाका वीरगन्ज हेल्थ केयर अस्पतालमा रहेका ३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिका–७ र वडा १६ मा एक/एक जना संक्रमित थपिएका छन् । बारागढी गाउँपालिकामा– ४ जना र इलाका प्रहरी कार्यालय बारागढीमा एक जनामा कोरोना पुष्टि भएको छ । स्वर्ण गाउँपालिकामा समेत एक जनामा कोरोना देखिएको छ । प्रवक्ता डा.चौरसियाका अनुसार रौतहटका ७ जना संक्रमित गरुडा प्रहरी कार्यालयका हुन् ।

प्रकाशित : भाद्र २३, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?