वीरगन्जमा उपचाररत बाराका कोरोना संक्रमितको मृत्यु

भाद्र २३, २०७७

भूषण यादव

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमित पुरुषको सोमबार राति मृत्यु भएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको हो । भदौ १४ मा कोरोना पोजिटिभ पुष्टि भएपछि ती ६० वर्षीय पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए ।

डा.चौरसियाका अनुसार पछिल्लो समय गम्भीर किसिमको कोरोना देखिएका ती पुरुषको हृदयघातले मृत्यु भएको हो । उनी मधुमेहका समेत बिरामी थिए ।  

कोरोना भाइरस

भूषण

Link copied successfully