बाँकेमा कोरोना संक्रमणबाट ५९ वर्षीय पुरुषको मृत्यु 

भाद्र २२, २०७७

रुपा गहतराज

नेेपालगन्ज — बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय  पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृतकलाई तीन वर्षदेखि मुटुरोग को समस्या रहेको पनि उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार ८ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते  स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । योसँगै बाकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या सात पुगेको छ । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully