२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित 

भाद्र २०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ ।

२४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ । 


 स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully